Aadarsh-Daily

गाजापट्टीमा इजरायली आक्रमण, कम्तीमा ६४ प्यालेस्टिनीको ज्यान

ad-4p

गाजापट्टीमा इजरायली हवाई आक्रमण तीव्र बनेसँगै कम्तीमा ६४ प्यालेस्टिनीको ज्यान गएको छ।

content ad p2
content left

इजरायली सेनाले आक्रमण अघि गाजा शहरका बासिन्दालाई क्षेत्र खाली गर्न आग्रह गरे पनि, विभिन्न आवासीय क्षेत्रहरूमा बम आक्रमण गर्दा ठूलो मानवीय क्षति भएको छ।

ताल अल–हवास्थित अपार्टमेन्ट भवनमा भएको बम विस्फोटमा १४ जना, अल–दराजमा आवासीय घरमा भएको आक्रमणमा १० जना र अल–नासर तथा शेख रदवान क्षेत्रमा विस्थापितहरू बसेका पाल र अपार्टमेन्टमा भएको आक्रमणमा १० जनाको ज्यान गएको छ।

यस्तै, उत्तरी गाजाको जबालियामा भेलामा बम विस्फोट हुँदा पाँच जनाकोे र पश्चिमी गाजामा समुद्र तट नजिकै रहेको खाना भण्डारमा आक्रमण हुँदा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily