Aadarsh-Daily

मकवानपुरमा भीषण आगलागी, झन्डै २ करोडको क्षति

ad-4p

मकवानपुरको बकैया गाउँपालिका–५ गरगरेमा शुक्रबार बिहान भएको आगलागीमा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ।

content ad p2

लिलाराम जिम्बाको किराना पसलमा बिहान करिब ७:४५ बजे अचानक आगलागी हुँदा दुई तल्ले पक्की घर पूर्ण रूपमा जलेर नष्ट भएको हो। घरधनी ४५ वर्षीय जिम्बा समेत आगो निभाउने क्रममा घाइते भएका छन्। उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंको कीर्तिपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

content left

प्रहरीका अनुसार घर अगाडि बालेको दियोमा अचानक पेट्रोलको ड्रम पल्टिँदा आगलागी भएको खुलेको छ।

आगलागीबाट घरसँगै नगद १५ लाख रुपैयाँ, ३० थान ग्यास सिलिन्डर, दुई मोटरसाइकल, खाद्यान्न, लत्ता–कपडा, फर्निचरलगायतका सामग्री जलेर नष्ट भएका छन्।

इलाका प्रहरी कार्यालय फापरबारी, प्रहरी चौकी हात्तिसुँडे र अस्थायी प्रहरी पोस्ट गरगरेका प्रहरी टोली, हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिकाका दमकलको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रणमा लिन सकिएको हो। बिहान ९:४० बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily