Aadarsh-Daily

जापानी कारहरूमा कर घटाएर १५ प्रतिशतमा झार्ने आदेशमा ट्रम्पद्वारा हस्ताक्षर

ad-4p

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारहरूमा कर घटाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएकाे छ ।

content ad p2

अमेरिकी राष्ट्रपति ट्रम्पले जापानी कारहरूमा कर २७ दशमलव ५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ । यो निर्णयले टोयोटा, होन्डा र निसान जस्ता कम्पनीहरूलाई ठूलो राहत दिनेछ ।

content left

यो आदेशले जुलाईमा घोषणा गरिएको गाडी र औषधिसहित अमेरिकामा हुने झन्डै सबै जापानी निर्यातमा १५ प्रतिशत भन्सार लाग्ने सम्झौतालाई औपचारिकता दिने खबरमा उल्लेख छ । धेरै हप्तासम्म चलेको वार्तापछि यो सम्झौता भएको हो ।

ह्वाइट हाउसका अनुसार जापानले अमेरिकामा ५ सय ५० अर्ब डलर लगानी गर्न र बिस्तारै अमेरिकी सामानका लागि आफ्नो बजार खोल्न पनि सहमति जनाएको छ ।

कार्यकारी आदेशमा हस्ताक्षर भएपछि शुक्रवार टोकियोमा जापानी कार निर्माता र पार्टपुर्जा आपूर्तिकर्ताहरूको शेयर बढेको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily