Aadarsh-Daily

कोशीका आर्थिक मामिला मन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दियो

ad-4p
content left

नेकपा (एमाले) को दोश्रो विधान महाधिवेशनको आज दोश्रो दिनको बन्दसत्रमा पुग्ने क्रममा प्रतिनिधिको गाडीले एक बालिकालाई ठक्कर दिएको छ ।

ललितपुरको हरिसिद्धि घुम्तीमा बिहान कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर चढेको गाडीले बालिकालाई जेब्राक्रसिङमा ठक्कर दिएको थियो । लगत्तै स्थानीयबासिन्दाले गोदावरी जाने हरिसिद्धि सडक अवरुद्ध गरेका थिए ।

गाडीको ठक्करबाट घाइते भएकी बालिकाको बीएण्डबी अस्पतालमा  उपचारपछि डिस्र्चाज भएको सातदोबाटोमा रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ठक्करपछि बाटो अबरुद्ध हुँदा विधान महाधिवेशन एक घण्टा ढिलो गरी शुरू भएको छ ।

बालिकाको सम्पूर्ण उपचार खर्च पार्टीले बेहोर्ने गरी उपचारका लागि अस्पताल पठाएको जानकारी दिँदै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालिकाको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily