Aadarsh-Daily

२२औं निजामती सेवा दिवसमा पर्सामा बृहत वृक्षारोपण

ad-4p

२२औं निजामती सेवा दिवस–२०८२ को अवसरमा जिल्ला प्रशासन कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर–१० को संयुक्त आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

content ad p2

पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी प्रमुख अतिथि रहेका कार्यक्रममा मधेश प्रदेश कार्यालयका एसएसपी शान्ती राज कोईराला, जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गौतम मिश्र, डिएसपी किशोर लम्साल, शस्त्र प्रहरीका एसपी पुरनचन्द्र भट्टलगायत सुरक्षाकर्मीको उपस्थिति थियो।

content left

कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानले गरेका थिए। उनका अनुसार करिब ६० वटा विभिन्न प्रजातिका बिरुवा रोपिनुका साथै दीर्घकालीन संरक्षणका लागि लोहाको तारजाली (प्रोटेक्टिभ गार्ड) समेत जडान गरिएको छ।

वृक्षारोपण वीरगञ्ज महानगरपालिका–१६ स्थित वाइपास रोडको वैष्णवी मन्दिर चौक परिसरमा सम्पन्न भएको हो।

सामाजिक दायित्व र वातावरण संरक्षणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, समाजसेवी, राजनीतिक दलका नेता–कार्यकर्ता, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता थियो। सहभागीमध्ये प्रकाश ऐरी, सुशील कादमियाँ, राकेश अग्रवाल, कैलाश बजाज, त्रिलोकचन्द्र दरूका, शिव गुप्ता, वसन्त प्रसाद उपाध्यायलगायत सक्रिय देखिएका थिए। सुरक्षातर्फबाट प्रहरी वरिष्ठ हवल्दार प्रेम राम, सहायक हवल्दार अजिता घिमीरे र प्रहरी जवान अमर सिंह साउदको उपस्थिति उल्लेखनीय रह्यो।

सहभागीहरूले कार्यक्रमले वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहेको सन्देश दिएको बताएका छन्।

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily