Aadarsh-Daily

बारामा अवैध सालको काठ र भन्सार छली सामग्री बरामद

ad-4p

सशस्त्र प्रहरीले बाराको कोल्हबी नगरपालिका–८ नयाँबस्तीबाट अवैध सालको काठसहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी र सब–डिभिजन वन कार्यालय मधुबनको संयुक्त टोलीले शनिबार २५ क्युफिट सालको काठ बरामद गरेको हो।

content ad p2
content left

बरामद काठ र ट्याक्टरको अनुमानित मूल्य १० लाख ६० हजार रुपैयाँ रहेको छ। बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि सब–डिभिजन वन कार्यालय मधुबनमा बुझाइएको छ।

त्यसैगरी, मटिअर्वा सीमा नजिक भारततर्फबाट भन्सार छली ल्याउँदै गरेको रेडिमेन्ट कपडा र मोटरसाइकल समेत बरामद गरिएको छ। बरामद कपडाको मूल्य करिब ३० हजार र मोटरसाइकलको १ लाख रुपैयाँ बराबर रहेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily