Aadarsh-Daily

नागरिक सरकारसँग काम गर्न तयार छ प्रशासन : मुख्यसचिव अर्याल

ad-4p

मुख्यसचिव एकनारायण अर्यालले जेन–जी आन्दोलनको मागअनुसार गठन हुने नागरिक सरकारसँग काम गर्न प्रशासन तयार रहेको बताउनुभएको छ। सिंहदरबारमा क्षतिग्रस्त पूर्वाधारको निरीक्षणपछि पत्रकारसँग कुरा गर्दै उहाँले अत्यावश्यक सेवाहरू सञ्चालनमा रहेकाले सेवाप्रवाह प्रभावकारी बनाउन निर्देशन दिइएको जानकारी दिनुभयो।

content ad p2
content left

अर्यालका अनुसार राहदानी र वैदेशिक रोजगारलगायतका सेवा अनलाइनमार्फत शुरु भइसकेका छन् भने खानेपानी, विद्युत् र टेलिफोनजस्ता सेवा नियमित सञ्चालनमा छन्।

सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अवस्था सामान्यतर्फ उन्मुख रहेको उहाँले बताउनुभयो। साथै, आन्दोलनका कारण प्रशासनिक अभिलेखमा ठूलो क्षति पुगेकाले प्राविधिक मूल्याङ्कन गरिने पनि जानकारी दिनुभयो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily