Aadarsh-Daily

लाल बकैया नदीमा नुहाउँदा गएका दुई बालबालिकाको डुबेर मृत्यु

ad-4p

रौतहटको लाल बकैया नदीमा नुहाउने क्रममा दुई बालबालिकाको मृत्यु भएको छ।

content ad p2
content left

जितिया पर्वको ‘नहायखाय’ अनुष्ठानका लागि शनिबार बिहान नुहाउन गएकी गौर–६ निवासी १० वर्षीया करिश्मा साह डुबेर मृत्यु भएकी हुन्। नेपाली सेनाले घन्टौँ खोजीपछि उनको शव फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिनुभयो।

यसअघि, बिहीबार सोही नदीमा नुहाउन गएका ईशनाथ–१ का १५ वर्षीय बिगन साह बाढीले बगाउँदा बेपत्ता भएका थिए। खोजीको तेस्रो दिन उनको शव करिब ८ किलोमिटर दक्षिण भारततर्फ फेला परेको प्रहरीले जनाएको छ। शव ल्याउन स्थानीय प्रशासन र परिवारजन भारत पुगेका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily