Aadarsh-Daily

प्रधानमन्त्री कार्कीलाई बङ्गलादेशका प्रमुख सल्लाहकार युनुसको शुभकामना

ad-4p

बङ्गलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मोहम्मद युनुसले सुशीला कार्की नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा शुभकामना दिनुभएको छ ।

content ad p2
content left

देशको जटिल परिस्थितिका बेला प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु नेपाली जनताको भरोसा एवम् विश्वास भएको भन्दै प्रमुख सल्लाहकार युनुसले प्रधानमन्त्री कार्कीको सक्षम नेतृत्वमा नेपाल विकास, शान्ति र स्थायित्वको मार्गमा अग्रसर हुने विश्वास व्यक्त गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयकोसमेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री कार्कीसँग निकट सम्पर्कमा रहेर काम गर्नमा आफू इच्छुक रहेको उल्लेख गर्दै प्रमुख सल्लाहकार युनुसले आपसी सम्मान र सहकार्यमा आधारित बङ्गलादेश र नेपालबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँले आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily