Aadarsh-Daily

प्रधानमन्त्री सुशीला कार्कीबाट पदभार ग्रहण

ad-4p

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्नुभएको छ । सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा कार्कीले पदभार गर्नुभयो ।

content ad p2
content left

त्यसअघि प्रधानमन्त्री कार्कीले लैनचौरको शहीद स्मारकमा माल्यार्पण गर्नुभएको थियो । जेन–जी आन्दोलनबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि कार्की प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । कार्कीले आजै मन्त्रिपरिषद् विस्तारको तयारी समेत गर्नुभएको छ ।

त्यसका लागि आन्तरिक छलफल र भेटघाट चलिरहेको छ । यो प्रकृयामा सघाउन जेन–जी ले विभिन्न अनलाइन प्लेटफर्ममार्फत् सुझाव सङ्कलन गरिरहेका छन् । कार्की नेतृत्वको सरकारले आउँदो फागुनमा प्रतिनिधि सभाको चुनाव गराउने कार्यादेश पाएको छ । संसद् विघटन भइसकेको छ । तर संसद् विघटनलाई लिएर विभिन्न राजनीतिक दलहरुले असन्तुष्टि समेत जनाएका छन् ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily