Aadarsh-Daily

वीरगञ्जको घण्टाघर–गण्डकचोक क्षेत्र दङ्गाग्रस्त घोषणा, कर्फ्यु आदेश जारी

ad-4p

पर्सा जिल्ला प्रशासनले वीरगञ्ज महानगरपालिकाको घण्टाघर चोकदेखि गण्डकचोकसम्मको राजमार्ग र वीरगञ्ज कारागार परिसरलाई अनिश्चितकालसम्मका लागि दङ्गाग्रस्त क्षेत्र घोषणा गरेको छ।

content ad p2
content left

सुरक्षा समितिको बैठकपछि प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आजदेखि अर्को आदेश नभएसम्म प्रत्येक दिन साँझ ९ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लागू हुने बताए। साथै बिहान ११ बजेदेखि साँझ ९ बजेसम्म पाँच जनाभन्दा बढी भेला, जुलुस वा सभा गर्न निषेध गरिएको छ।

कर्फ्यु अवधिमा एम्बुलेन्स, दमकल, शव वाहन, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, ग्यास ट्याङ्कर, दूध बोक्ने सवारी तथा हवाई यात्रुहरूको आवागमनलाई सुरक्षा निकायले सहयोग गर्ने प्रशासनले जनाएको छ। आदेश उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily