Aadarsh-Daily

एसिया कप टी–२० मा भारतको विजयी यात्रा, पाकिस्तान ७ विकेटले पराजित

ad-4p

एसिया कप टी–२० क्रिकेटमा भारतले पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ। पाकिस्तानले दिएको १२८ रनको लक्ष्य भारतले १५.५ ओभरमै ३ विकेट गुमाउँदै पूरा गर्यो।

content ad p2

भारतका कप्तान सूर्यकुमार यादवले ४७ रनको महत्वपूर्ण पारी खेले भने अभिषेक शर्मा र तिलक बर्माले समान ३१–३१ रन जोडे। पाकिस्तानका सैम अयुबले ३ विकेट लिए।

त्यसअघि दुबई क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १२७ रन जोडेको थियो। पाकिस्तानका ओपनर साहिबजादा फरहानले ४० रन र शाहिन शाहले ३३ रन बनाए।

content left

भारतको बलिङमा कुलदीप यादवले ३ विकेट लिए भने अक्षर पटेल र जसप्रीत बुमराहले समान २–२ विकेट हात पारे।

यस जितसँगै समूह ‘ए’ मा रहेको भारत ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेलमा युएईलाई ९ विकेटले हराएको भारतले समूह चरणको अन्तिम खेल आउँदो शुक्रबार ओमानसँग खेल्नेछ।

पाकिस्तान भने २ खेलमा १ जित र १ हारसहित दोस्रो स्थानमा छ। उसले पहिलो खेलमा ओमानलाई ९३ रनले पराजित गरेको थियो। पाकिस्तानले अब सुपर–४ मा पुग्न पर्सि बुधबार युएईविरुद्ध जित निकाल्नै पर्ने दबाब छ।

समूह ‘बी’ मा अफगानिस्तान शीर्ष, श्रीलंका दोस्रो, बंगलादेश तेस्रो र जितविहीन हङकङ पुछारमा छन्। गत वर्ष एसीसी प्रिमियर कपमा चौथो स्थानमा सीमित रहँदा नेपाल यसपटकको एसिया कपमा सहभागी हुन सकेको छैन।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily