Aadarsh-Daily

जेन जी आन्दोलनमा राज्यको तारबाट मारिएका २८ जनाको शव आफन्तले बुझे

ad-4p

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक विभागमा अहिलेसम्म ४६ जना मृतकको शव ल्याइएकामध्ये २८ जनाको पोस्टमार्टम सकिएको छ ।

content ad p2
content left

फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार २३ जनाको शव आफन्तले बुझेर लगिसकेका छन् भने सात शव चिन्न नसकिने अवस्थामा छन् । ती शवको डीएनए परीक्षण आवश्यक पर्नेछ ।

गोली लागेको, जलेको र गम्भीर चोटपटक परेका शवहरू अस्पतालमा ल्याइएका छन् ।

यसैबीच नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङ मृतकका आफन्त र उपचाररत घाइते भेट्न शिक्षण अस्पताल पुग्नुभएको छ । अस्पतालमा हाल २२ जना उपचाररत छन् ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily