
नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको मूल्य वृद्धि नगरी यथावत राख्ने निर्णय गरेको छ । आसन्न चाडपर्व र मुलुकको हालको विशेष परिस्थितिलाई मध्यनजर गर्दै मूल्य नबढाउने निर्णय गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनले पेट्रोल र डिजेलको मूल्य वृद्धि गरी पठाएको थियो । तर उपभोक्तामाथि थप भार नपरोस् भन्ने उद्देश्यले तत्काल मूल्य नबढाउने निर्णय गरिएको हो ।
निगमले चाडपर्वका दिनहरूमा इन्धन आपूर्ति सहज बनाइने आश्वासन पनि दिएको छ ।

