Aadarsh-Daily

जेन–जी आन्दोलनबाट २० अर्ब ७० करोड बराबरको बीमा दाबी

ad-4p

केही दिनअघि भएको जेन–जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनीका कारण भौतिक संरचनामा पुगेको क्षतिको बीमा दाबी हालसम्म २० अर्ब ७० करोड रुपैयाँ नाघेको छ।

content ad p2
content left

नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा हालसम्म एक हजार ९८४ वटा दाबी दर्ता भइसकेका छन्। ती दाबीहरूको कुल रकम २० अर्ब ७० करोड ३८ लाख १४ हजार ४८२ रुपैयाँ पुगेको प्राधिकरणले जनाएको छ।

नेपाल निर्जीवन बीमा व्यवसायी संघले आन्दोलनका क्रममा भएको क्षतिको दाबी छिट्टै भुक्तानी गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ। संघले बीमित सम्पत्तिको यथार्थ विवरण समयमै उपलब्ध गराउन बीमितलाई आग्रह गरेको छ।

जेन–जी आन्दोलनका क्रममा सरकारी तथा निजी भौतिक संरचना, सवारी साधन, उद्योग, व्यापार, यातायात र आवासीय घरसमेतमा ठूलो क्षति पुगेको थियो। राष्ट्रपति भवन, संसद् भवन, सुरक्षानिकायका संरचना, प्रशासनिक भवनहरूदेखि निजी उद्योग र पसलसम्म क्षति पुगेको आधिकारिक विवरणमा उल्लेख छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily