Aadarsh-Daily

प्रतिनिधिसभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद् विघटन : राष्ट्रपति पाैडेल

ad-4p

रूसी लडाकू विमानले आफ्नो आकासमा उडान गरेपछि बाल्टिक क्षेत्रको देश इस्टोनियाले अन्य नेटो सदस्य देशहरूसँग परामर्शका लागि अनुरोध गरेको छ । इस्टोनियाको विदेश मन्त्रालयले आफ्नो आकासमा रूसको विमान आउनुलाई रूसी अतिक्रमणका रूपमा टिप्पणी गरेको छ ।

content ad p2
content left

तीन वटा रूसी मिग–३१ लडाकू विमान इस्टोनियाली आकास क्षेत्रमा बिना अनुमति प्रवेश गरेको र कुल १२ मिनेटसम्म त्यहाँ रहेको क्षेत्रमा इस्टोनियाले जनाएको छ । नेटोका एक अधिकारीले ती रूसी विमानलाई धपाएको उल्लेख गरेका बीबीसीले जनाएको छ । तर रूसको विदेश मन्त्रालयले आफ्ना विमान पूर्व निर्धारित उडानमा रहेको र अन्तर्राष्ट्रिय हवाई क्षेत्रको नियमभित्रै रहेको तथा अन्य देशको आकास नमिचेको जनाएको छ ।

सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेदेखि नै उत्तर एटलान्टिक सन्धि सङ्गठन अर्थात् नेटो सैन्य गठबन्धन तथा रूसबीच तनाव बढिरहेको छ । नेटोमा बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली, स्पेन, टर्कीएसहित ३२ वटा देशहरू सदस्य छन् ।

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily