Aadarsh-Daily

प्रतिनिधिसभाबाट सरकार गठन गर्ने कुनै उपाय नभएपछि संसद् विघटन : राष्ट्रपति पाैडेल

ad-4p

रूसी लडाकू विमानले आफ्नो आकासमा उडान गरेपछि बाल्टिक क्षेत्रको देश इस्टोनियाले अन्य नेटो सदस्य देशहरूसँग परामर्शका लागि अनुरोध गरेको छ । इस्टोनियाको विदेश मन्त्रालयले आफ्नो आकासमा रूसको विमान आउनुलाई रूसी अतिक्रमणका रूपमा टिप्पणी गरेको छ ।

content ad p2
content left

तीन वटा रूसी मिग–३१ लडाकू विमान इस्टोनियाली आकास क्षेत्रमा बिना अनुमति प्रवेश गरेको र कुल १२ मिनेटसम्म त्यहाँ रहेको क्षेत्रमा इस्टोनियाले जनाएको छ । नेटोका एक अधिकारीले ती रूसी विमानलाई धपाएको उल्लेख गरेका बीबीसीले जनाएको छ । तर रूसको विदेश मन्त्रालयले आफ्ना विमान पूर्व निर्धारित उडानमा रहेको र अन्तर्राष्ट्रिय हवाई क्षेत्रको नियमभित्रै रहेको तथा अन्य देशको आकास नमिचेको जनाएको छ ।

सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेदेखि नै उत्तर एटलान्टिक सन्धि सङ्गठन अर्थात् नेटो सैन्य गठबन्धन तथा रूसबीच तनाव बढिरहेको छ । नेटोमा बेलायत, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटली, स्पेन, टर्कीएसहित ३२ वटा देशहरू सदस्य छन् ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily