Aadarsh-Daily

पर्सामा भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु

ad-4p

भूमि समस्या समाधान आयोगले पर्सामा भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण सुरु गरेको छ। शनिबार सखुवा प्रसौनी गाउँपालिका–१ सथवलका ४४ जना भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) प्रदान गरिएको हो।

content ad p2

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र आयोगका पर्सा अध्यक्ष तबरेज अहमदले संयुक्त रूपमा ३७ जना भूमिहीन दलित र ७ जना अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गरेका हुन्। सथवलमा करिब ६ दशकदेखि लालपूर्जाविहीन बसोबास गर्दै आएका दलित र सुकुम्बासीलाई औपचारिक रूपमा जग्गाको अधिकार दिलाइएको आयोगका अध्यक्ष अहमदले बताए।

content left

उनका अनुसार, आयोगले पर्सा जिल्लामा कूल ५,१७८ जना भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्ने लक्ष्य राखेको छ। हालसम्म वीरगन्ज महानगरपालिका, पर्सागढी नगरपालिका, ठोरी र सखुवा प्रसौनी गाउँपालिकाबाट सो संख्यामा आवेदन परेको छ।

आयोगले सुरुमा वडास्तरमा विवरण संकलन गरी पालिकाको प्रमाणीकरणपछि नापजाँच र प्रतिवेदन तयार पारी कार्यपालिकाबाट नामावली सिफारिस भएपछि पूर्जा वितरण प्रक्रिया अघि बढाएको हो।

अध्यक्ष अहमदले दशैंं लगत्तै ठोरी गाउँपालिका–४ का १,१९७ जना भूमिहीन दलित र सुकुम्बासीलाई लालपूर्जा वितरण गरिने जानकारी दिए। उनले भने, “पर्सामा लालपूर्जा वितरणको काम सुरु भइसकेको छ, बाँकी लाभग्राहीलाई पनि छिट्टै पूर्जा उपलब्ध गराइनेछ।”

शनिबार सथवलमा आयोजित कार्यक्रममा आयोगका विज्ञ सदस्य सन्तोष पासवान, वडा अध्यक्ष बासुदेव महतो थारु लगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily