Aadarsh-Daily

संयुक्त राष्ट्र महासभामा जेलेन्स्की–ट्रम्प भेट हुने, रुसमाथि थप प्रतिबन्धको तयारी

ad-4p

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग आउँदो हप्ता न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभाको क्रममा भेट गर्ने योजना सार्वजनिक गर्नुभएको छ।

content ad p2
content left

अलजजिराका अनुसार, सो भेटको मुख्य उद्देश्य रुसमाथि अझ कडा प्रतिबन्ध लगाउन अमेरिकालाई दबाब दिने रहेको छ। हालै युरोपेली सङ्घले आफ्नो १९औं प्रतिबन्ध प्याकेज घोषणा गरिसकेको अवस्थामा जेलेन्स्कीले “युरोपले आफ्नो काम गरिसकेको छ, अब अमेरिकाबाट ठोस कदमको अपेक्षा छ” भन्ने प्रतिक्रिया दिनुभएको छ।

जेलेन्स्कीको भनाइ रुसले युक्रेनमाथि आक्रमण तीव्र पारेको दिनमै आएको हो। पछिल्ला दिनमा रुसले युरोपको पूर्वी सीमामा लडाकु विमान र ड्रोन पठाएर तनाव बढाएको छ। हिजो मात्र युक्रेनको डनिप्रो सहरमा भएको मिसाइल आक्रमणमा अपार्टमेन्ट भवनहरू क्षतिग्रस्त हुँदा कम्तीमा ३ जनाको ज्यान गएको र दर्जनौँ घाइते भएको जनाइएको छ।

यता, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा पश्चिमी सैनिकहरूको उपस्थिति कहिल्यै स्वीकार्न नसकिने चेतावनी दिनुभएको छ। पछिल्लो दुई हप्तामा रसियन ड्रोनहरू पोल्याण्ड र रोमानियासम्म पसेपछि नाटो सदस्य राष्ट्रहरूले पूर्वी सीमामा सुरक्षा व्यवस्था थप कडा बनाएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily