Aadarsh-Daily

रौतहटमा ठूलो मात्रामा गाँजा बरामद ३ सय ३४ केजी पक्राउ

ad-4p

रौतहटमा गएराति प्रहरीले ठूलो मात्रामा लागू औषध गाँजा बरामद गरेको छ।

content ad p2

ईशनाथ नगरपालिका–८ मनसरी हुँदै भारततर्फ लैजाँदै गरिएको अवस्थामा सशस्त्र प्रहरी र जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले चेकजाँच गर्ने क्रममा साढे तीन क्विन्टल (३ सय ३४ किलो) गाँजा सहितको पिकअप भ्यान नियन्त्रणमा लिएको हो।

content left

पिकअप नम्बर प्रदेश ३-०१-०२२ च १८६१ नम्बरको तरकारी बोकेको पिकअप गाडी प्रहरीलाई देखेर सडक पेटीमै रोकि चालक फरार भएको थियो। गाडीलाई प्रहरीले चेकजाँच गर्दा माथिबाट २० पोका काउली लोड भएको पिकअपको तल २६ पोका गाँजा भेटिएको हो।

प्रहरीका अनुसार तरकारी लोड गरिएको जस्तो देखाइए पनि पिकअपभित्र २६ वटा पोकामा लुकाइछिपाइ गरी गाँजा लोड गरिएको थियो।

लागू औषधसहित पक्राउ परेका व्यक्तिहरुको पहिचान खुलाइएको छैन भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

नेपाल–भारत सीमावर्ती क्षेत्रमा लामो समयदेखि यस किसिमका लागू औषध कारोबार हुने क्रम नरोकिएकाले प्रहरीले निगरानी अझ कडा बनाएको जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily