Aadarsh-Daily

पर्सामा १९ किलो भन्दा बढी चरेश बरामद

ad-4p

सशस्त्र प्रहरीले पर्साको पोखरिया नगरपालिका–७ जगतपुर मननपुर गाउँस्थित एक घरबाट ठूलो परिमाणमा लागुऔषध चरेस बरामद गरेको छ।

content ad p2
content left

सशस्त्र प्रहरीको प्रसौनीभाठा बीओपीबाट प्रहरी निरीक्षक चेतन बाह्रकोटीको कमाण्डमा खटिएको मोटरसाइकल गस्ती टोलीले १९ किलो १ सय २६ ग्राम चरेस फेला पारेको थियो । चरेस दुईवटा कालो झोलामा कार्टुनभित्र लुकाइ राखिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ।

छापा मार्ने क्रममा घरमा कुनै व्यक्तिको उपस्थिती नभएको पुष्टी गरिएको छ। बरामद गरिएको चरेसलाई थप कारबाहीका लागि प्रहरी कार्यालय पोखरियालाई जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द्र भट्टले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily