Aadarsh-Daily

वीरगञ्जमा हैजा थप फैलिँदै, २४ घण्टामा २८ नयाँ संक्रमित

ad-4p

वीरगञ्ज महानगरपालिका आसपास फैलिएको हैजा संक्रमण अझै नियन्त्रणमा आउन सकेको छैन। स्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्ला २४ घण्टामा मात्रै २८ जना नयाँ हैजाका बिरामी फेला परेका छन्।

content ad p2
content left

जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार हालसम्म गरिएको आरडिटी परीक्षणमा दुई सय ४० जनामा हैजाको संक्रमण पुष्टि भएको छ। तीमध्ये दुई सय ३६ जना उपचारपछि निको भइसकेका छन् भने हाल चार जना विभिन्न अस्पतालमा उपचाररत छन्।

महानगर क्षेत्रमा हैजा देखिएपछि असोज ६ गतेसम्म २१ वटा अस्पतालमा हैजा र झाडापखालाका लक्षण देखिएका एक हजार पाँच सय १२ जना बिरामी उपचारका लागि भर्ना भएका थिए। तीमध्ये एक हजार चार सय ७९ जना उपचारपछि घर फर्किसकेका छन्।

स्वास्थ्य अधिकारीहरूका अनुसार सुरक्षित खानेपानी, सरसफाइमा सुधार र सचेतनामूलक कार्यक्रमलाई अझै प्रभावकारी नबनाएसम्म हैजा नियन्त्रणमा कठिनाइ हुने देखिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily