Aadarsh-Daily

कक्षा–१२ को मौका परीक्षा आजदेखि सुरु

ad-4p

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयका अनुसार कक्षा–१२ को मौका (पूरक) परीक्षा आजदेखि सुरु भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेन–जी आन्दोलन हिंसात्मक भएपछि स्थगित भएको थियो ।

content ad p2
content left

आज र भोलि (बुधबार) गरी दुई दिनसम्म सञ्चालन हुने परीक्षामा पहिलो दिन अनिवार्य अंग्रेजी (००४१) विषय र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीका सबै विषयको परीक्षा हुने भएको छ । त्यस्तै, दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयहरुमध्ये सानो कोड भएको विषयमा परीक्षा हुनेछ ।

अनिवार्य अंग्रेजी र नेपाली दुवै विषय परीक्षा दिने परीक्षार्थीले पहिलो दिन अंग्रेजी र दोस्रो दिन नेपाली विषयको परीक्षा दिनुपर्नेछ । बुधबार भने परीक्षार्थीले आफूले परीक्षा दिने विषयहरुमध्ये ठूलो कोड भएको विषयमा परीक्षा दिनुपर्नेछ । तर यस दिन अनिवार्य अंग्रेजीको परीक्षा हुने छैन ।

परीक्षा बिहान ११ बजेबाट सुरु हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily