Aadarsh-Daily

स्वास्थ्य मन्त्रीमा डा. संगीता कौशल मिश्र नियुक्त गर्न ढिलाइ नगर्न चिकित्सक संघको चेतावनी

ad-4p

वीरगञ्ज । नेपाल चिकित्सक संघ नारायणी शाखाले अन्तरिम सरकारलाई वरिष्ठ प्रसूति रोग विशेषज्ञ डा. संगीता कौशल मिश्रलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीमा तत्काल नियुक्त गर्न आग्रह गरेको छ ।

content ad p2

संघका अध्यक्ष डा. मनोज गुप्ताद्वारा जारी विज्ञप्तिमा मिश्रको दीर्घ अनुभव र योग्यतालाई आधार मानेर उनलाई मन्त्री बनाउन ढिलाइ गर्नु अनुचित हुने उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “डा. मिश्रलाई मन्त्री बन्न संविधान वा नागरिकता ऐनअनुसार कुनै कानुनी अवरोध छैन । सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममार्फत गरिएका भ्रामक समाचार र चरित्रहत्या गर्ने प्रयासप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता गतिविधि निन्दनीय र दुर्भाग्यपूर्ण छन् ।”

content left

गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका क्रममा डा. मिश्रसहित अनिलकुमार सिन्हा, मदन परियार, जगदीश खरेल र डा. महावीर पुनको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् । सोमबार शपथका लागि अन्य चारजनाले पद तथा गोपनीयताको शपथ लिए पनि मिश्रको नाम अन्तिम समयमा होल्ड गरिएको थियो ।

उनको नियुक्ति अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारसम्बन्धी उजुरी दर्ता हुने भन्ने भ्रामक समाचारका कारण रोकिएको दाबी गरिएको थियो । तर अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले मिश्रविरुद्ध मुद्दा दायर हुने खबर आधारहीन भएको स्पष्ट गरेका छन् ।

संघले मिश्रको लामो राष्ट्रसेवा र विशिष्ट श्रेणीको अनुभवलाई स्मरण गर्दै सरकारलाई उनको योग्यताको सम्मान गर्न, अन्योल सिर्जना गर्ने गतिविधिलाई बेवास्ता गर्न र तत्काल मन्त्री नियुक्ति सुनिश्चित गर्न आग्रह गरेको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily