Aadarsh-Daily

युवाहरुले ज्यान गुमाएको दुखमा यो वर्ष प्रधानमन्त्री कार्कीले टिका नलगाउने

ad-4p
content left

प्रधानमन्त्री सुशीला कार्कीले निर्धारित मितिमा चुनाव गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बडादशैँको अवसरमा आज शुभकामना दिँदै उहाँले युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको तथा यसले तोकिएको मितिमा प्रतिनिधिसभाको चुनाव गराउने प्रतिबद्धता जनाउनुभएको हो ।

प्रधानमन्त्री कार्कीले देशमा सुशासन कायम गर्न आफू कटिबद्ध रहेको बताउनुभएको छ । स्वदेश तथा विदेशमा रहेका सबै नेपाली भाषीहरूमा सुख शान्तिको कामना गर्नुभएको छ । यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री कार्कीले यो वर्ष टीका नलगाउने तथा सर्वसाधारणलाई पनि टीका लगाइदिने कार्यक्रम नरहेको जनाएको छ ।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily