Aadarsh-Daily

वीरगंजमा ग्याङ फाइट हुँदा एक १८ वर्षीय युवाको मृत्यु

ad-4p

वीरगंजमा राति भएको ग्याङ फाइटमा एक युवकको ज्यान गएको छ।

content ad p2

प्रहरीका अनुसार गहवामाई मेलाको क्रममा राति करिब १२ देखि १ बजेको बीचमा माईस्थान र घडिअर्वा पोखरी क्षेत्रको गितामन्दिर रोडमा दुई युवा समूहबीच झगडा भएको थियो।

content left

झगडामा घाइते भएका वीरगंज–१०, अशोक वाटिका निवासी करिब १८ वर्षीय गोल्डेन खानलाई उपचारका लागि नारायणी अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको पुष्टि भएको छ।

घटनापछि प्रहरीले गितामन्दिर रोड क्षेत्रलाई सिल गरी अनुसन्धान थालेको छ। संलग्न भएको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ भने अन्य फरार युवाको खोजी जारी रहेको प्रहरी स्रोतले जनाएको छ।

मृतकको शव नारायणी अस्पतालमा राखिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily