Aadarsh-Daily

आज नेपाल–वेस्ट इन्डिज तेस्रो टी–२० हुँदै

ad-4p

नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट आज हुँदैछ। खेल संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा राति सवा आठ बजेबाट शुरू हुनेछ।

content ad p2
content left

नेपालले लगातार दुई खेल जितेर ऐतिहासिक शृङ्खला आफ्नो पक्षमा पारेको छ। पहिलो खेलमा १९ रनले जित्दै नेपालले पहिलोपटक आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई हराएको थियो। त्यसपछि दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै नेपालले शृङ्खला नै जितेको हो।

दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजविरुद्धको यो तीन खेलको ‘युनिटी कप’ नेपालका लागि आगामी आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीसमेत हो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily