Aadarsh-Daily

वीरगञ्जमा युवकको हत्या ‘खुनी दरिन्दे समूह’ले गरेको खुलासा : पाँच जना पक्राउ

ad-4p

पर्सा प्रहरीले वीरगञ्ज–१० गीता मन्दिर नजिक मंगलबार राति भएको कुटपिट र हत्या प्रकरणमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ।

content ad p2

जिल्लाको परवानीपुर गाउँपालिका–९ घर भई वीरगञ्ज–१० मा बस्दै आएका २० वर्षीय शिवम साह कानु (उर्फ गोल्डेन) को हत्या आरोपमा वीरगञ्ज महानगर–२४ रामगढवाका गौतम पटेल (१९), सुभांकर चौरसिया (२०), अमीरी पटेल उर्फ करण प्रसाद पटेल (२२), चन्दन चौरसिया (२४) र अमन पटवा (१९) पक्राउ परेका हुन्।

पुरानो रिसीइवीकै कारण हत्या
प्रहरी प्रमुख एसपी सुदीप राज पाठकका अनुसार मंगलबार राति करिब ११:३० बजे दसैँ मेलामा घुम्न गएका गोल्डेन र विपक्षी समूहबीच विवाद भई झगडा भएको थियो। त्यस क्रममा ‘खुनी दरिन्दे समूह’ नामक ह्वाट्सएप ग्रुप बनाएर आपराधिक गतिविधिमा संलग्न युवाहरूले गोल्डेनमाथि हातमुक्का र बाँसको भाटाले आक्रमण गरेका थिए।
गम्भीर घाइते गोल्डेनलाई नारायणी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए।

प्रहरी अनुसन्धानले पुरानो रिसीइवी र प्रतिशोधका कारण हत्या भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। मृतक र विपक्षी समूहबीच यसअघि पनि झैझगडा भएको खुलेको छ।

content left

पक्राउ प्रक्रिया
घटनापछि प्रहरी निरीक्षक निरोज चौलागाईंको नेतृत्वमा ३२ जनाको टोली खटिएको थियो।

तीन जना अभियुक्तलाई घटना भएको राति नै नियन्त्रणमा लिइएको थियो।

बाँकी दुई जना भने भारतको पश्चिमी चम्पारण जिल्ला, बल्थर गाउँमा लुकेर बसेको अवस्थामा बुधवार पक्राउ गरिएको प्रहरीको भनाइ छ।

सिसिटिभी फुटेज, भिडियो रेकर्ड र सीडीआर विश्लेषणमार्फत अभियुक्तको पहिचान गरिएको हो।

समुदायमा त्रास
हत्याकाण्डले वीरगञ्जमा ग्याङ संस्कृतिको बढ्दो प्रभाव र युवाबीच हिंसात्मक गतिविधिको खतरा उजागर भएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको जनाएको छ।

एसपी पाठकले वैज्ञानिक विधि र प्रविधिको प्रयोगमार्फत अनुसन्धानलाई तीव्र पारिएको उल्लेख गर्दै दोषीलाई कडा कारबाही गरिने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily