यही असोज २२ गतेदेखि ३१ गतेसम्म ओमानमा हुने आइसीसी पुरूष टी–२० विश्वकप छनौटमा सहभागि हुने नेपाली टोली ओमान गएको छ । टोली हिजो गएको नेपाल क्रिकेट सङ्घले विज्ञप्ति निकालेर जनाएको छ । टोलीमा स्पीनर सन्दिप लामिछाने पनि परेका छन् ।

लामिछानेले वेष्ट इन्डिजविरुद्धको पहिलो खेल शुरू हुनुभन्दा ४५ मिनेटअघि नखेल्ने बताएपछि बाँकी दुई खेलमा निलम्बनमा परेका थिए । ओमानमा हुने खेलमा सहभागि गराएको नेपाल क्रिकेट सङ्घको विज्ञप्तिमा उल्लेख छ । ओमानमा शुरूमा नेपालले समूह चरणमा कुवेत र जापानसँग खेल्नेछ ।

यो समूहबाट शीर्ष दुईमा परे सुपर–६ मा पुग्नेछ । सुपर–६ मा खेल्ने ६ टोलीमध्ये शीर्ष ३ मा पर्न सके नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछ ।