Aadarsh-Daily

आइसिसी टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

ad-4p

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी बुधबारदेखि ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटका लागि १५ सदस्यीय राष्ट्रिय टोली सार्वजनिक गरेको छ।

content ad p2

संयुक्त अरब इमिरेट्स (युएई) मा वेस्ट इन्डिजविरुद्धको तीन खेलको टी–२० सिरिज खेलेको १६ सदस्यीय टोलीबाट साहब आलम यसपटक बाहिरिएका छन्, क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो।

content left

क्यानले यसअघि वेस्ट इन्डिजविरुद्धको अन्तिम दुई खेलमा निलम्बन गरेका सन्दीप लामिछानेलाई भने फेरि टोलीमा समावेश गरेको छ। लामिछानेले पहिलो खेल सुरु हुनुअघि मैदान प्रवेश गर्न अस्वीकार गरेका थिए।

टोलीमा कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित सन्दीप जोरा, कुशल भूर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ शेख, आदिल आलम, करण केसी, नन्दन यादव, आरिफ शेख, ललित नारायण राजवंशी, गुलशन झा र सोमपाल कामी रहेका छन्।

क्यानका अनुसार छनोट खेलका लागि नेपाली टोली हालै ओमान प्रस्थान गरिसकेको छ।

सम्बन्धित खबर

रिमा यादवलाई जिताउन वीरगञ्जको कुहडीमा एमालेको अगुवा भेला सम्पन्न,

Aadarsh Daily

कृषक र युवासँग संवाद गर्दै कानु, पर्सागढी–३ मा घरदैलो सम्पन्न

Aadarsh Daily

वीरगञ्ज खानेपानी संकट २४ घण्टामै समाधान गरेको दाबी गर्दै प्रदीप यादवले दोहोर्‍याए जनताको बिचमै रहने प्रतिबद्धता

Aadarsh Daily