Aadarsh-Daily

फरार कैदीलाई आश्रय नदिन कारागार प्रशासनको आग्रह

ad-4p

कारागार कार्यालय नवलपरासीले भदौ २५ गते कारागारबाट फरार भएका कैदी–बन्दीलाई कसैले पनि आश्रय नदिन आग्रह गरेको छ।

content ad p2

गत भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलनपछि २५ गते नवलपरासी कारागारबाट ५४६ जना कैदी–बन्दी भागेका थिए। तीमध्ये केही कैदी–बन्दी स्वयं उपस्थित भइसकेका छन्।

content left

कारागार प्रशासनका अनुसार फरार कैदीलाई घरमा लुकाउने वा आश्रय दिने व्यक्तिलाई समेत कानूनी कारबाही गरिनेछ। “कैदी–बन्दीलाई आश्रय दिएको वा लुकाएको पाइएमा उनीहरूलाई समेत कसुरदार ठानी कानूनी प्रक्रिया अघि बढाइनेछ,” विज्ञप्तिमा उल्लेख छ।

कारागार प्रशासनले फरार कैदी–बन्दीलाई यही असोज २० गतेसम्म हाजिर हुन अनुरोध गरेको छ। सो म्यादभित्र उपस्थित नभए कारागार ऐन, २०७९ र प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ।

हालसम्म पुरुष २१९ र महिला ३२ गरी २५१ जना कैदी–बन्दी फिर्ता भइसकेको कारागार प्रशासनले जनाएको छ।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily