Aadarsh-Daily

असोज १७–२० सम्म पर्सामा विशेष सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

ad-4p

जिल्ला प्रशासन कार्यालय पर्साले असोज १७ देखि २० गतेसम्मका दिनलाई उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार आगामी चार दिनसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने सम्भावना देखिएपछि प्रशासनले आकस्मिक जोखिमप्रति सचेत गराएको हो।

content ad p2

जिल्ला प्रशासनले वर्षाका कारण बाढी, पहिरो, डुबान तथा नदी–नाला र खोल्सामा आकस्मिक बहाव हुन सक्ने भन्दै अनावश्यक लामो दूरीको यात्रा नगर्न र विशेषगरी रात्रीयात्रा टार्न आग्रह गरेको छ।

सूचनामा विशेषत:

content left
  • सडकमा अवरोध वा अवरोधका कारण सवारी साधन थुनिन सक्ने भएकाले सम्भावित दुर्घटनाबाट जोगिन पूर्वतयारी गर्न,
  • विपद्का बेला उद्धार, राहत तथा सुरक्षात्मक कार्य सहज बनाउन सुरक्षाकर्मी र सम्बन्धित निकाय तयार रहन,
  • सरकारी तथा गैरसरकारी निकाय, स्वास्थ्य संस्था, सञ्चार माध्यम, नेपाल रेडक्रस, स्थानीय तह र विपद् व्यवस्थापन समितिहरू तयारी अवस्थामा रहन,
  • नागरिकले सूचना तथा अपडेट पाउन ९११५५० टोल–फ्री नम्बर वा नजिकैको प्रहरी/सुरक्षा निकायलाई सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको उल्लेख छ।

त्यस्तै, आपत्कालीन अवस्थामा एम्बुलेन्स, दमकल, उद्धार टोली लगायतका साधन तयारी अवस्थामा राख्न र यातायात व्यवस्थापन कार्यालयसँग समन्वय गर्न पनि निर्देशन दिइएको छ।

प्रशासनले दसैँमा हुने चहलपहललाई समेत ध्यानमा राख्दै यात्रा र उत्सव दुवैलाई सुरक्षित बनाउन सतर्कता अनिवार्य रहेको जनाएकाे छ।

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily