Aadarsh-Daily

मनसुन सक्रिय, असोज १७–२० सम्म उच्च सतर्कता अपनाउन प्रधानमन्त्री कार्यालयको आग्रह

ad-4p

प्रधानमन्त्रीको स्वकीय सचिवालयले असोज १७ देखि २० गतेसम्म मनसुनी गतिविधि तीव्र हुने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा भारी वर्षा हुने भएकाले बाढी, डुबान र पहिरोको जोखिम बढ्ने चेतावनी दिइएको छ।

content ad p2

विशेषगरी नारायणी, बागमती, कमला र कोशी नदी तथा तिनका सहायक नदीहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना देखिएको छ। त्यस्तै महाभारत र चुरे हुँदै बहने स–साना खोलानालामा पनि आकस्मिक बाढी आउने जोखिम रहेको उल्लेख छ।

काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, पर्सा, रौतहट, सर्लाही लगायतका जिल्लाहरूलाई बढी प्रभावित हुने आशंका गरिएको छ।

content left

प्रधानमन्त्री कार्यालयले जोखिमपूर्ण क्षेत्रका बासिन्दालाई उच्च सतर्क रहन, डुबान हुन सक्ने क्षेत्र खाली गर्न, सुरक्षित स्थानमा बसाइसराइ गर्न तथा गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिलाई विशेष ध्यान दिन अनुरोध गरेको छ। साथै, आकस्मिक अवस्थामा यात्राबाट जोगिन पनि सचेत गराइएको छ।

अपिलमा भनिएको छ, “सर्वसाधारणले अनावश्यक यात्रा नगरी सुरक्षित स्थान रोज्नुपर्नेछ। आधिकारिक निकायले जारी गर्ने सूचना र निर्देशनलाई पालन गर्न सबैमा आग्रह छ।”

त्यस्तै विपद् व्यवस्थापनका जिम्मेवार निकायहरू — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश र जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षाकर्मी, स्वयंसेवक, गैरसरकारी संस्था तथा सञ्चारमाध्यमलाई सतर्क रहन र पूर्वतयारीमा जुट्न निर्देशन दिइएको छ।

प्रधानमन्त्री कार्यालयले जोखिम न्यूनीकरणका लागि उद्धार, राहत तथा आवश्यक पूर्वतयारी कार्यलाई समयमै अघि बढाउन सबै पक्षलाई आह्वान गरेको छ।

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily