Aadarsh-Daily

पर्सामा वर्षा सुरु, खडेरीको मार खेपेका किसानमा खुसी

ad-4p

गएरातिदेखि लगातार वर्षा भएपछि लामो समयदेखि खडेरीको मार खेपिरहेका पर्सा जिल्लाका किसानहरू खुसी भएका छन्।

content ad p2

असार महिनादेखि अपेक्षित वर्षा नहुँदा धान रोपाइँ गर्न नसकेका किसानहरू चिन्तित बनेका थिए। खेतबारी सुकेर बाली रोप्न नसक्दा धान उत्पादनमा ठूलो क्षति हुने अनुमान गरिएको थियो।

content left

तर गएरातिदेखि परेको वर्षाले खेतमा पानी जम्न थालेपछि किसानहरूले बाँकी रोपाइँ गर्ने सम्भावना बढेको छ। वर्षा सुरु भएपछि स्थानीय किसानले राहत महसुस गरेका छन्।

पर्सा भैरहवा, पकाहा, ठोरी, छिपहरमाई लगायतका क्षेत्रमा लगातार वर्षा भइरहेकाले माटो चिसिन थालेको छ। यसले समयमै रोपाइँ सम्पन्न गर्न सकिने किसानहरूको अपेक्षा छ।

कृषि प्राविधिकहरूले पनि पछिल्ला दिनमा परेको वर्षाले रोपाइँमा सकारात्मक प्रभाव पार्ने र धान उत्पादनमा ठूलो क्षति हुनबाट बचाउन सक्ने बताएका छन्।

सम्बन्धित खबर

पर्साका चारै निर्वाचन क्षेत्रमा एमाले पाँच हजार मतान्तरले विजयी हुन्छ : रूपेश पाण्डे

Aadarsh Daily

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily