Aadarsh-Daily

हरपतगन्जमा योजनाबद्ध आक्रमण : वृद्धा महिला र छोरा गम्भीर घाइते

ad-4p
content left

वीरगन्ज– वीरगन्ज महानगरपालिका–२० हरपतगन्जमा सामान्य विषयलाई लिएर उत्पन्न विवाद कुटाकुटमा परिणत हुँदा एक वृद्धा महिला र उनका छोरा गम्भीर घाइते भएका छन्।
स्थानीय सन्तोष माली र अशोक मालीको परिवारजनले योजनाबद्ध रूपमा बाटैमा घेरा हालेर श्यामचन्द्र यादवमाथि धारिलो हतियारले आक्रमण गरेको पीडित पक्षको आरोप छ। आक्रमण प्रतिकार गर्ने क्रममा यादव घाइते हुन पुग्दा उनको हातमा पाँच वटा टाका लगाइएको छ। झण्डै ७० वर्षीया उनकी आमा सनफी देवी अझै गम्भीर अवस्थामा वीरगन्ज हेल्थ केयर हस्पिटलको आईसीयूमा भर्ना छिन्।
घाइते यादवले आफू र आफ्नी आमामाथि गरिएको आक्रमण “पूर्वनियोजित अपराध” भएको दाबी गर्दै दोषीमाथि कडा कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरेका छन्।
यादव परिवारले माली परिवारले घटनालाई बाहिरी व्यक्तिलाई संलग्न गराएर झुट्टा आरोप थोपर्ने प्रयास गरेको भन्दै यो चालले अपराधलाई लुकाउने प्रयत्न मात्र भएको आरोप लगाएको छ।
यता माली परिवारले भने यादव पक्षले नै बाहिरी मान्छे ल्याएर कुटपिट गरेको उल्टै आरोप लगाउँदै आफूहरूलाई बदनाम गर्ने खेल भइरहेको प्रतिक्रिया दिएको छ।
प्रहरीले भने घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र दोषी कसैलाई पनि उन्मुक्ति नदिइने जनाएको छ।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily