Aadarsh-Daily

वीरगन्जमा बाढी: ३ सय घर डुबानमा, ५ सयभन्दा बढी उद्धार

ad-4p

शनिबार बिहानैदेखि परेको अविरल वर्षाका कारण सिर्सिया नदीको जलस्तर बढेर वीरगन्ज महानगरका दर्जनबढी वस्तीहरूमा बाढी पसेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीका अनुसार, वडा नम्बर ९, १०, ११, २३ र २४ का करिब ३ सय घर डुबानमा परेका छन्।

content ad p2

उद्धार टोलीले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र महानगरको नगरप्रहरीको सहयोगमा ५ सय बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। वीरगन्ज उद्योग वाणिज्य संघ र महानगरपालिकाले डाइफुड, पिउने पानी र आवश्यक औषधि वितरण गरेको प्रजिअ सुबेदीले जानकारी दिए।

content left

वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले डुबानमा परेको वडाहरूमा पुगेर घरभित्र पानी पसेर अलपत्र परेका परिवारलाई उद्धार गराएको र उनका खानपान र बासको व्यवस्था मिलाइएको बताए। साथै, बाढीको पानी निकासका लागि महानगरपालिकाले चारवटा डोजर परिचालन गरेको छ।

उद्धार र राहत वितरणमा १ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। मेयर सिंहले भने, “अहिलेसम्म मानवीय क्षति भएको छैन, घरभित्र केही सरसामानमा मात्र नोक्सान भएको छ।”

यसैबीच, वडा नम्बर २४ रामगढवामा सिर्सिया नदीको बाढीमा फसेका १३२ वटा गाई नगरप्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी सुरक्षित स्थानमा लगेर राखेका छन्, पर्साका सशस्त्र प्रहरी उपरीक्षक पुरनचन्द भट्टले जानकारी दिए।

सम्बन्धित खबर

जसपा नेपालका रामनरेश यादव र अशोक टेमानीले मनोनयन दर्ता

Aadarsh Daily

पर्सा–३ मा रूपेश पाण्डेको मनोनयन दर्ता

Aadarsh Daily

पर्सा १ मा रास्वपाका पन्तले गराए उम्मेदवारी दर्ता

Aadarsh Daily