Aadarsh-Daily

बारामा टिकटक भिडियो बनाउँदा खोलामा खसेका युवक अझै अज्ञात

ad-4p

बाराको प्रसौनी गाउँपालिका–२ मा आइतबार बिहान टिकटक भिडियो बनाउने क्रममा खोलामा हाम फालेका एक युवक बेपत्ता भएका छन्।

content ad p2

इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार, २१ वर्षीय बिकी गोस्वामी दुधौरा पुलबाट खोलामा हाम फालेपछि बेपत्ता भएका हुन्। उनीसँगै भिडियो बनाइरहेका २० वर्षीय अनुराग केसरवानी भने सुरक्षित बाहिर निस्कन सफल भएका छन्। प्रारम्भिक अनुमान अनुसार खोलाको तीव्र बहावका कारण दुर्घटना भएको हो।

content left

घटना जानकारी पाउँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेको थियो। सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको नेतृत्वमा खोलाको एक किलोमिटर क्षेत्रमा खोजी कार्य सुरु गरिएको छ। वर्षातका कारण खोलामा पानीको बहाव तीव्र भएकाले गोताखोरको सहयोगमा खोजी कार्य प्रभावकारी बनाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार, खोलाको पानीको बहाव र बाढीका कारण उद्धारमा कठिनाइ भए पनि खोजी कार्य निरन्तर जारी छ। स्थानीय बासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आसपास क्षेत्रमा खोजी गरिरहेको भए पनि हालसम्म बिकी गोस्वामीको कुनै संकेत भेटिएको छैन।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको र स्थानीय तहसँग समन्वय गर्दै खोजी कार्यलाई अझ सशक्त बनाउने तयारी भइरहेको जनाएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily