Aadarsh-Daily

इलाम पहिरोमा परि ज्यान गुमाउनेको सबैको सनाखत 

ad-4p

अविरल वर्षापछि गएको भीषण पहिरोले इलाममा ठूलो जनधन क्षति पुर्‍याएको छ। शनिबार राति विभिन्न ठाउँमा आएको पहिरोमा परेर मृत्यु हुनेको संख्या ३७ पुगेको जिल्ला प्रहरी कार्यालय इलामले पुष्टि गरेको छ।

content ad p2

प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार, बेपत्ता रहेका तीन जनाको शव फेला परेपछि मृतकको संख्या थपिएको हो।

परिवारका परिवार पहिरोमा पुरिए

इलामका माईजोगमाई गाउँपालिका–६ का किरण थेवे (२८), मनमाया थेवे (१८) र तीन वर्षीया मुनुसा थेवे लगायत एकै परिवारका सदस्यहरू पहिरोमा पुरिएका छन्।
त्यस्तै माईजोगमाई–३ का बर्मालल सोङमी (८२), बुद्धमाया सोङमी (७०), धनबल सोङमी (४६), सरला सोङमी (४२) र १४ वर्षीया प्रकृती सोङमीको पनि निधन भएको छ।

फाकफोकथुम गाउँपालिका–३ का सुरेश लिम्बू (२८), सूर्योदय नगरपालिका–१ की मनमाया क्षेत्री (६५) र १० वर्षीया रस्मिका क्षेत्री, साथै इलाम नगरपालिका–६ का समिर देउजाली, प्रवीण गुरुङ र बिराज पाख्रिन तामाङको पनि ज्यान गएको छ।

content left

दोलखादेखि झापा र पाँचथरसम्मको पीडा

देउमाई नगरपालिका र माई गाउँपालिकामा पनि ठूला क्षति भएका छन्। देउमाई–५ का रोशन लिम्बू (२२), बेबिसा राई (२२), दीपक लिम्बू (३०), ऋषिका लिम्बू (२७), दिपिस्का लिम्बू (१०), देउमाई–३ का कृष्ण मगर (२८) र माई–५ की ८ वर्षीया प्रिन्सिखा मगरको मृत्यु भएको छ।

माङसेबुङ गाउँपालिका–१ की कृष्णमाया लिम्बू (५७) र माया लिम्बू (५०), सन्दकपुर गाउँपालिका–१ का भीमबहादुर राई (४३), हरिमाया राई (६६), देवी राई (४७), शेखर राई (५४), शारदा सेढाईं (७४) र तारादेवी राई (४८) पनि पहिरोमा परेर ज्यान गुमाएका हुन्।

त्यस्तै झापाको अर्जुनधारा नगरपालिका–६ की अनु तामाङ (३२) र आवास दनुवार, पाँचथरका सौजन लिम्बू (९) र सौगात लिम्बू (११), मिक्लाजुङ–६ की नेहा राई (१७), तथा दोलखाका दीप बस्नेत (४५), भवानी बस्नेत (४४) र १२ वर्षीया दिव्या बस्नेतको पनि निधन भएको प्रहरीले जनाएको छ।

अझै एक जना बेपत्ता, क्षतिको विवरण संकलन जारी

इलाम नगरपालिका–६ का ४८ वर्षीय महेन्द्र लिम्बू अझै बेपत्ता छन्। उनको खोजीकार्य जारी रहेको प्रहरी उपरीक्षक कोइरालाले बताएका छन्।

“सबैतिरबाट क्षतिको विवरण संकलन भइरहेको छ,” कोइरालाले भने, “सडक अवरुद्ध, विद्युत् र इन्टरनेटमा समस्या हुँदा केही कठिनाइ भए पनि उद्धार र राहत कार्यमा हामी सक्रिय छौँ।”

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily