Aadarsh-Daily

सरकारद्वारा बाढीपहिरो पीडितका लागि अस्थायी आवास र राहतको व्यवस्था

ad-4p

हालैको बाढीपहिरोबाट घर गुमाएका नागरिकका लागि सरकारले तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारले यस्तो निर्णय सार्वजनिक गरेको हो।

content ad p2
content left

बैठकले प्रभावित परिवारलाई राहतका साथसाथै अस्थायी र दीर्घकालीन आवासको व्यवस्था गर्ने निर्णय गरेको छ।
अस्थायी आवास निर्माणका लागि विपद् प्राधिकरणमार्फत ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ — जसमा २५ हजार रुपैयाँ तत्काल र बाँकी २५ हजार रुपैयाँ एक तहको घरको संरचना बनेपछि मापदण्डअनुसार उपलब्ध गराइनेछ।

यससँगै सरकारले बाढीपहिरोपछि सम्भावित महामारी फैलिन नदिन पनि विशेष योजना तयार गरेको छ।
तीनै तहका सरकार, स्वास्थ्य मन्त्रालय, प्रदेश र स्थानीय निकायको संयुक्त पहलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ।

स्वास्थ्य शिविर, जनचेतना अभिवृद्धि, र मनोसामाजिक परामर्शजस्ता कार्यहरू सञ्चालन गर्दै सरकारले प्रभावित क्षेत्रका नागरिकलाई सहयोग र सुरक्षाको वातावरण बनाउन प्रतिबद्धता जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily