Aadarsh-Daily

बारामा अविरल वर्षाले सयौँ बिघा धानबाली डुबानमा, किसान दोहोरो मारमा

ad-4p

बारामा शुक्रबार र शनिबार परेको अविरल वर्षाले जिल्लाभरका बालीनालीमा व्यापक क्षति पुर्‍याएको छ।
१६ वटा स्थानीय तहमा लगाइएका सयौँ बिघा भदैया र हाइब्रिड धानबाली खेतमै डुबानमा परेका छन्।

content ad p2
content left

कलैया उपमहानगरपालिका–१७ का किसान सोनालाल महतोका अनुसार लगातारको वर्षा र हावाहुरीले सौरभ, गोरखनाथ, चन्दन, राजा, च्याम्पियन, सारु, सोना र विजी–१४४२ जातका धानहरू ढलेर ठूलो नोक्सानी पुगेको छ।
जीतपुरसिमरा, कोल्हवी र निजगढलगायतका क्षेत्रमा पाक्न लागेको धान खेतमै लडेर सड्न थालेको किसानहरूले गुनासो गरेका छन्।

यसैगरी बङरी, दुधौरा र पसाहा खोलामा आएको बाढीले ब्रहम्पुरी, बन्जरिया, सुराहीलगायतका क्षेत्र जलमग्न भएका छन्।
सिम्रौनगढ–४ का किसान इस्लाम मन्सुरीका अनुसार खेतमा पानी जम्दा धान सड्न थालेको छ।

कृषि ज्ञान केन्द्र बाराका निमित्त प्रमुख राजनारायण साहले अविरल वर्षाले भदैया धान, तरकारी र उखु बालीमा सबैभन्दा बढी असर पारेको बताएका छन्।
उनका अनुसार, सुख्खा पछि आएको यो वर्षाले किसानलाई दोहोरो पीडामा पारेको छ।
केन्द्रले अहिले जिल्लाभरको बाली क्षतिको विवरण संकलन गर्ने काम सुरु गरेको जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily