Aadarsh-Daily

सर्लाहीको लखनदेही नदीमा बगेर किशोरको मृत्यु

ad-4p

सर्लाहीको लखनदेही नदीमा बगेर १८ वर्षीय ओम ठाकुरको मृत्यु भएको छ। अन्य तीन किशोर भने सुरक्षित रूपमा बाँच्न सफल भएका छन्।

content ad p2
content left

मृतक ओम ठाकुर मलंगवा नगरपालिका–५, भाडसरका बिनोद ठाकुरका छोरा हुन्।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार, आज बिहान साढे ११ बजे चार जना किशोरहरू लखनदेही खोलाको बाँध नजिक नुहाउन पसेका थिए। खोलामा पसेपछि चारमध्ये तीन जना सुरक्षित रूपमा बाहिर निस्किन सके, तर ठाकुर बेपत्ता भए।

खोजतलासको क्रममा दिउँसो १ बजे तैरिरहेको अवस्थामा फेला परेका उनलाई प्रादेशिक अस्पताल मलंगवा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily