Aadarsh-Daily

जेन–जी आन्दोलनका क्रममा लुटिएका नेपाल प्रहरीका ८ सयभन्दा बढी हतियार अझै बेपत्ता

ad-4p

जेन–जी आन्दोलनका क्रममा लुटिएका नेपाल प्रहरीका ८ सयभन्दा बढी हतियार अझैसम्म फेला पर्न सकेका छैनन्।
गत भदौ २३ र २४ गते देशभर भएको आन्दोलनमा प्रहरीका साना–ठूला गरी ११ सयभन्दा बढी हतियार लुटिएका थिए। तीमध्ये करिब ३०० भन्दा बढी हतियार फिर्ता वा बरामद भए भने, अझै ८ सयभन्दा बढी हतियार हराइरहेका छन्, प्रहरी प्रधान कार्यालयले जनाएको छ।

content ad p2
content left

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार, हतियार खोज्न समितिहरू गठन गरिएका छन् र विभिन्न निकायसँग सहकार्य गरेर पत्ता लगाउने कार्यलाई प्राथमिकता दिइएको छ। उनी भन्छन्, “हामीले हतियार पत्ता लगाउनका लागि खोजीलाई तीव्रता दिएका छौं।”

हालसम्म केही हतियार नेपाली सेनाले बरामद गरेको छ र केही व्यक्तिसमेत पक्राउ परेका छन्। तर ठूलो संख्यामा हतियार हराइरहेको र तिनीहरूको दुरुपयोग हुनसक्ने चिन्ता व्यक्त गरिएको छ।

अहिलेसम्म सार्वजनिक अपिल मार्फत सर्वसाधारणलाई पनि लुटिएका हतियार फिर्ता गर्न आग्रह गरिएको छ।

सम्बन्धित खबर

नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको आराधना, शक्तिपीठमा भक्तजनको घुइँचो

Aadarsh Daily

केवाइसीका नाममा ४९ लाखभन्दा बढी ठगी, गौरबाट तीन जना पक्राउ

Aadarsh Daily

गाउँपालिकाको खाता सञ्चालन गर्न उपाध्यक्ष विष्टको आग्रह

Aadarsh Daily