
जनकपुरधाम उपमहानगरपालिका–७ जिरोमाइलका २१ वर्षीय दीपक राउतलाई १७ वर्षीया किशोरी बलात्कार प्रकरणमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतले झापाको दमककी किशोरीलाई फकाई जनकपुर बोलाएर एक होटेलमा राखी आफूसहित केही केटाहरूले पालैपालो बलात्कार गरेको आरोप छ । उनलाई प्रहरीले मंगलबार पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।

पीडित किशोरीलाई अहिले सेफ हाउसमा राखिएको प्रहरीले बताएको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, राउतको मोबाइलमा अन्य युवतीहरूसँगका कुराकानी, अश्लील भिडियो र लागूऔषध सम्बन्धी तस्बिरहरू पनि फेला परेका छन् ।
प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाइरहेको र संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको जनाएको छ ।

