Aadarsh-Daily

एमाले सचिवालय बैठकमा ओलीलाई नेतृत्व हस्तान्तरण गर्न नेताहरूको दबाब

ad-4p

नेकपा (एमाले) को सचिवालय बैठकमा नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आगामी महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्न दबाब दिएका छन्।

content ad p2

भक्तपुरको गुन्डुमा बसेको बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सुरेन्द्र पाण्डेले ओलीले अब नेतृत्व नयाँ पुस्तालाई दिनुपर्ने सुझाव दिएका हुन्।

content left

जेन–जी आन्दोलनपछि अन्य दलझैँ एमालेभित्र पनि ओलीले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ। तर ओली भने स्वास्थ्यले साथ दिँदासम्म नेतृत्व नछाड्ने अडानमा छन्।

यसअघि विधान महाधिवेशनमार्फत दुई कार्यकाल र ७० वर्षे उमेरसीमा हटाइएपछि ओलीलाई तेस्रो कार्यकालका लागि बाटो खुलेको थियो।

बैठकले सरकारले दलहरूलाई विश्वासमा लिनुुपर्नेमा निषेधको बाटो अख्तियार गरेको भन्दै आपत्ति जनाएको छ। उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार सरकार चुनाव तयारीभन्दा पनि देशलाई मुठभेडतिर धकेल्ने दिशामा अघि बढिरहेको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily