Aadarsh-Daily

जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक र सहयोगी घुससहित पक्राउ

ad-4p

रौतहटको जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह र उनका सहयोगी अरबिन्द प्रकाश साह घुससहित पक्राउ परेका छन्।

content ad p2
content left

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई साढे चार लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो। उनीहरूले शिक्षक नियुक्ति परीक्षामा पास गरिदिने भन्दै रकम मागेको आरोप लागेको अख्तियारले जनाएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार प्रधानाध्यापक साह र उनका सहयोगीले नियुक्ति प्रक्रियामा सहजीकरण गरिदिने नाममा सेवाग्राहीसँग घुस मागेका थिए। रकम लिनेदिने क्रममा उनीहरूलाई रंगेहात पक्राउ गरिएको अख्तियारको कार्यालय हेटौंडाले पुष्टि गरेको छ।

अख्तियारले पक्राउ परेकामाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily