Aadarsh-Daily

पाकिस्तानको प्रहरी प्रशिक्षण केन्द्रमा आत्मघाती आक्रमण, ७ प्रहरीको मृत्यु र १३ जना घाइते

ad-4p

पाकिस्तानको उत्तरपश्चिमी शहर डेरा इस्माइल खानस्थित एक प्रहरी प्रशिक्षण केन्द्रमा आतङ्कवादी आक्रमण हुँदा कम्तीमा सात जना प्रहरीको मृत्यु भएको छ भने तेरह जना घाइते भएका छन्। यो आक्रमणमा संलग्न छ जना आतङ्कवादी पनि मारिएका छन्।

content ad p2
content left

प्रहरीका वरिष्ठ अधिकारी सज्जाद अहमदका अनुसार आक्रमण भएको राति आत्मघाती बमसहितको ट्रक गेटमा ठोक्किँदा ठूलो विस्फोट भयो। त्यसपछि अन्य आक्रमणकारीहरूले प्रशिक्षण केन्द्रभित्र प्रवेश गर्न खोज्दा सुरक्षाकर्मी र आतंककारीबीच करिब छ घण्टा ‘शूटआउट’ भयो। अन्त्यमा अर्धसैनिक बलले घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा ल्याएको छ।

पाकिस्तानले हालै बढ्दो आतङ्कवादी गतिविधिहरूको सामना गरिरहेको छ। सुरक्षा अधिकारीहरूको रिपोर्ट अनुसार यस वर्ष सेप्टेम्बर १५ सम्म राष्ट्रभर करिब 970 जना आतंककारी मारिएका छन् भने सैन्य र सीमा सुरक्षा बलका दर्जनौं सदस्य पनि मारिएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily