Aadarsh-Daily

पर्साको अमरपट्टीबाट ५ किलो गाँजासहित दुई युवक पक्राउ

ad-4p

पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टीबाट सशस्त्र प्रहरीले ५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पर्सागढी नगरपालिका–९ का २९ वर्षीय गोपाल यादव र जगरनाथपुर गाउँपालिका–६ का १९ वर्षीय गौतम पटेल रहेका छन्।

content ad p2
content left

शनिबार दिउँसो नेपालबाट भारततर्फ जाँदै गरेको ना.१३ प. ४६१८ नम्बरको मोटरसाइकललाई बोर्डर आउटपोस्ट अमरपट्टीबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले चेकजाँचका क्रममा रोकेको थियो।

जाँच गर्दा उनीहरूले शरीरभित्र र मोटरसाइकलको सिटमुनि लुकाइराखेको ५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily