Aadarsh-Daily

पर्सामा हैजाविरुद्ध खोप अभियान सुरु

ad-4p

पर्सा जिल्लामा हैजा नियन्त्रणका लागि व्यापक खोप अभियान सुरु गरिएको छ। असोज २६ गते आइतबारदेखि सुरु भएको यो अभियानको औपचारिक उद्घाटन प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले खोप खाएर गर्नुभयो।

content ad p2

भदौ ६ गतेदेखि फैलिएको हैजाको संक्रमण नियन्त्रणमा नआएपछि स्वास्थ्य मन्त्रालयले यो अभियान सञ्चालन गरेको हो । असोज २१ सम्ममा पर्सामा २४५ जनामा हैजाको संक्रमण पुष्टि भएको थियो, तर सबै संक्रमित निको भइसकेका छन्।

पर्साका १४ पालिकाका ६ लाख ५४ हजार जनतालाई ‘इयूभिकोल–एस’ नामक खोप दिने लक्ष्य राखिएको छ।
अभियान असोज २६ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ।

content left

यसका लागि १,५४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३५० जना स्वास्थ्यकर्मी सहित १,८९४ जनाको टोली परिचालन गरिएको छ। खोप केन्द्रका रूपमा विद्यालय, वडा कार्यालय, अस्पताल, मन्दिर र सीमापारका ठाउँहरूमा कुल १,९५० खोप केन्द्र तोकिएका छन्।

सरकारले यस अभियानका लागि विदेशबाट १० लाख १८ हजार १०० डोज खोप ल्याएको हो। खोप लगाएको करिब दुई साताभित्र ८२ प्रतिशतसम्म प्रभावकारी हुने बताइएको छ।

बारा जिल्लामा पनि असोज २९ गतेदेखि खोप अभियान सुरु गरिने तयारी गरिएको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार यो अभियान तिहारअघि सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका अधिकारी, चिकित्सक संघका प्रतिनिधि, स्थानीय निकायका प्रमुख र सुरक्षा निकायका सदस्यहरूको सहभागिता थियो।

सम्बन्धित खबर

पर्सा–३ मा एमालेको चुनावी तयारी तीव्र, युवाको नेतृत्वमा संगठन विस्तार

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा जनलहर बढ्दै

Aadarsh Daily

पर्सा–३ मा एमाले उम्मेदवार रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थन

Aadarsh Daily