Aadarsh-Daily

आन्दोलनका क्रममा भागेका साढे ६ हजार कैदीबन्दीको नामावली सार्वजनिक, विभागको कारबाही चेतावनी

ad-4p

भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका ६ हजार ५ सयभन्दा बढी कैदीबन्दीको विवरण सार्वजनिक गरिएको छ।

content ad p2

कारागार व्यवस्थापन विभागले सोमबार आफ्नो आधिकारिक वेबसाइटमार्फत फरार कैदीबन्दीहरूको नाम, नागरिकता र कारागारको विवरणसहितको सूची सार्वजनिक गरेको हो।

विभागका अनुसार सार्वजनिक सूचीमा ५ हजार ८ सय ६८ जना नेपाली, ५ सय ४० जना भारतीय, र १ सय ८ जना अन्य विदेशी कैदीबन्दी समावेश छन्।

content left

यद्यपि, अहिले सम्म ९ हजार ८ जना कैदीबन्दी पुनः पक्राउ गरी कारागार फिर्ता गरिएको विभागले जनाएको छ।

विभागका प्रवक्ताले भने, “फरार कैदीबन्दीहरूको खोजी तथा नियन्त्रणका लागि सुरक्षा निकायबीच समन्वयात्मक र सशक्त अभियान अघि बढाइएको छ।”

साथै विभागले फरार कैदीबन्दीहरूलाई लुकाउने, आश्रय दिने वा सहयोग गर्ने व्यक्तिहरूलाई समेत कानूनी रूपमा कसुरदार ठानी कारबाही गरिने चेतावनी दिएको छ।

विभागका अनुसार फरार सूचीमा समावेश कैदीबन्दीहरू हत्या, बलात्कार, लागुऔषध कारोबारदेखि ठगी र आर्थिक अपराधसम्मका मुद्दामा सजाय काटिरहेका थिए।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily