Aadarsh-Daily

टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग खेल्दै

ad-4p

नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा आज कतार राष्ट्रिय क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बेलुकी पौने ९ बजे ओमानमा हुनेछ।

content ad p2

यसअघि नेपालले हिजो संयुक्त अरब इमिरेट्स राष्ट्रिय क्रिकेट टोली (यूएई) लाई एक रनले पराजित गर्दै दोस्रो जित दर्ता गरेको थियो। नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएई २० ओभरमा ९ विकेट गुमाएर १३९ रनमा सीमित भयो। अन्तिम तीन बलमा तीन रन आवश्यक परेका यूएईले एक रन मात्र जोड्दा तीनै विकेट गुमाएको थियो।

content left

दुई खेलमा चार अङ्क जोडेको नेपाल नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ। ओमान शीर्ष स्थानमा छ भने यूएई दुई अङ्कसहित तेस्रो स्थानमा रहेको छ।

सुपर–६ मा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन्। नेपालले पर्सि बुधवार ओमान र आउँदो शुक्रवार सामोआसँग खेल्नेछ।

सुपर–६ को शीर्ष तीन टोलीले आगामी वर्ष ICC Men’s T20 World Cup 2026मा भारत र श्रीलङ्कामा सहभागी हुने अवसर पाउनेछन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily