Aadarsh-Daily

रौतहटको गौरमा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु

ad-4p

रौतहटको गौर नगरपालिका–१ मा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ।

content ad p2
content left

मृतकहरूमा राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठा रहेका छन्।

सात जनाको समूहमा घाँस लिन गौरतर्फ जाँदै गर्दा उनीहरू सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेका थिए।
स्थानीयले चार जनालाई सकुशल उद्धार गरे पनि तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गर्ने क्रममा तीनै बालिकाको शव फेला परेको हो।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily